Loktantra Khabar National Weekly
Ad

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो भाउ ?

लोकतन्त्र खबर
२५ पुष २०८०

काठमाडौं  पुस २५, सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १७ पुसयता सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले घटेको छ ।

बुधबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेसँगै छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ५ सय र तेजावी सुनको मूल्य १ लाख १७ हजार ९५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यसअघि मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख १८ हजार ५० रुपैयाँ तोकिएको थियो ।

बुधबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४१० मा कारोबार भइरहेको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: