Loktantra Khabar National Weekly
Ad

आज पनि सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ किनबेच ?

लोकतन्त्र खबर
२२ पुष २०८०

काठमाडौं पुस २२, आइतबार पनि सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार ५००, तेजावी सुनको मूल्य १ लाख १८ हजार ९५० र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ तोकिएको छ । गत बिहीबार र शुक्रबार पनि यही मूल्यमा सुन र चाँदीको कोरोबार भएको थियो ।

यसअघि गत बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख २० हजार ८ सय, तेजावी सुनको मूल्य १ लाख २० हजार २०० र चाँदीको मूल्य १ हजार ४५० रुपैयाँमा खरिद बिक्री भएको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: