Loktantra Khabar National Weekly
Ad

सुनको भाउ घट्यो

लोकतन्त्र खबर
१९ पुष २०८०

सुनको भाउ आज पनि घटेको छ । हिजो तोलामा दुई सय रुपैयाँले घटेको सुनको भाउ आज भने १३ सय रुपैयाँले घटेको हो ।

आज सुनको भाउ तोलाको एक लाख १९ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनकाे भाउ तोलाको १ लाख २० हजार ८ सय र अस्ति मङ्गलवारको भाउ तोलाको १ लाख २१ हजार रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको एक हजार चार सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको एक हजार चार सय २० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्: