काठमाडौं । काठमाडौँ र सर्लाहीमा दुई जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलको बोसन बस्ने ८५ वर्षीय जोनकिङ नेपाली आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सर्लाहीको हरिपुर्वा नगरपालिका-३ धनकौल बस्ने ७५ वर्षीय राज नारायण राय पनि आफ्नै गोठमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । रातोपाटी संवाददाता
प्रतिक्रिया दिनुहोस्:

