काठमाडौं मंसिर २५ , आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।
सोमबारका लागि छापावाल सुनको मूल्य एक लाख १७ हजार, तेजाबी सुनको मूल्य एक लाख १६ हजार ४५० र चाँदीको मूल्य एक हजार ४१० रुपैयाँ तोकिएको छ ।
आइतबार एक लाख १७ हजार ५०० रुपैयाँमा छापावाल सुन, एक लाख १६ हजार ९५० रुपैयाँमा तेजाबी सुन र एक हजार ४२५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो । अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्:

