Loktantra Khabar National Weekly
Ad

बढ्यो सुन चाँदीको मूल्य

लोकतन्त्र खबर
१० मंसिर २०८०

काठमाडौं  मंसिर १०, आइतबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ ।

आजका लागि छापावल सुनको मूल्य एक लाख १६ हजार ९ सय, तेजावी सुनको मूल्य एक लाख १६ हजार ३५० र चाँदीको मूल्य एक हजार ४८५ रुपैयाँ कायम भएको छ ।

शुक्रबार एक लाख १६ हजार ३ सय रुपैयाँमा छापावल सुन, एक लाख १५ हजार ७५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

यस्तै शुक्रबार एक हजार ४ ५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: