
काठमाडौं कात्तिक १९ , नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंदेखि ढोरपाटनसम्म बुलेट राइड गरिएको छ ।
बुलेट सर्भिस सेन्टर बालाजुको आयोजनामा १० कात्तिकदेखि ६ दिने राइड सम्पन्न गरिएको हो । टोली १५ कात्तिकका दिन काठमाडौं आइपुगेको हो ।
यात्राका क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई नेपालका सुन्दर पर्यटकीय स्थलको प्रवर्द्धनमा सहयोग पुर्याएकोमा ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर, प्रशासकीय प्रमुख, लायन्स क्लब, स्थानीय क्लबसहितले बाजागाजासहित स्वागत गरेका थिए । अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्: