Loktantra Khabar National Weekly
Ad

बढ्यो सुनचाँदीको मूल्य

लोकतन्त्र खबर
१६ कार्तिक २०८०

काठमाडौं कात्तिक १६ , बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी  व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँ वृद्धि भएर कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १५ हजार ७ सय, तेजावी सुनको मूल्य एक लाख १५ हजार १५० र चाँदीको मूल्य १ हजार ४ सय ५ रुपैयाँ तोकिएको छ ।

बुधबार एक लाख १५ हजार रुपैयाँमा छापावाल सुन, एक लाख १४ हजार ४५० रुपैयाँमा तेजावी सुन र १ हजार ३ सय ८५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: