Loktantra Khabar National Weekly
Ad

मौसमका कारण लुक्ला उडान ठप्प, पाँच दिनदेखि पर्यटक अलपत्र

लोकतन्त्र खबर
२४ आश्विन २०८०

मौसमका कारण पाँच दिनदेखि लुक्लामा उडान हुन नसक्दा पर्यटकहरू मन्थली विमानस्थलमा अलपत्र परेका छन्।

पर्यटकीय सिजनमा लुक्ला जान हिडेका पर्यटकहरू रामेछापको मन्थली विमानस्थलमै अलपत्र परेका हुन्।

मन्थली विमानस्थलका प्रमुख अशोक थापाका अनुसार लुक्लाको मौसम खराब हुँदा दैनिक ४० भन्दा बढी उडान ठप्प भएको छ।

छोटो बिदा लिएर नेपाल आउने पर्यटकहरूले दैनिक तालिका बिग्रिएपछि यतिबेला केही पर्यटकहरू हेलिकप्टर चार्टर्डमार्फत् लुक्ला गइरहेका छन्। त्यस्तै केही पर्यटकहरू काठमाडौंतिर फर्किरहेको विमानस्थल प्रमुख थापाले बताए।

‘पाँच दिनदेखि दैनिक ३० देखि ४० उडान प्रभावित भएको छ,’ थापाले सेतोपाटीसँग भने, ‘सिजनमा उडान नहुँदा सबैलाई समस्या भएको छ।’

अहिले सीता, समीट र तारा एयरका ७ वटा जहाज मन्थली विमानस्थलमै छन्। उता हिमाल अवलोकनमा पुगेका पर्यटकहरू लुक्लामै अलपत्र छन्। उडान रोकिएसँगै सगरमाथा लगायतका हिमाल आरोहण तथा खुम्बु क्षेत्रको अवलोकनका लागि आएका पर्यटक काठमाडौं फर्कन पाएका छैनन्।

मन्थली विमानस्थलमा मात्र होइन सगरमाथा आरोहण तथा खुम्बु क्षेत्र हेर्न आएका पर्यटकहरू काठमाडौंमा रोकिएका छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: