Loktantra Khabar National Weekly
Ad

विमान चार्टर्ड गरेर भारतीय पर्यटकले गरे ‘माउन्टेन फ्लाइट’

लोकतन्त्र खबर
२१ आश्विन २०८०

यति एयरलाइन्सको दुई वटा विमान चार्टर्ड गरेर भारतीय पर्यटकले ‘माउन्टेन फ्लाइट’ गरेका छन्।

एयरलाइन्सकाअनुसार शनिबार ८० भन्दा बढी भारतीय पर्यटकले जहाज नै चार्टर्ड गरेर माउन्टेन फ्लाइट गरेका हुन्।

उनीहरू ‘एकप्स सिस्टम इण्डिया’का संस्थापक तथा पार्टनरहरू हुन्।

उनीहरूले यतिका दुई ‘एटिआर ७२’ विमान चार्टर्ड गरेर माउन्टेन फ्लाइटमार्फत् विभिन्न हिमश्रृंखलाको अवलोकन भ्रमण गरेका हुन्।

उनीहरू काठमाडौंको हायात होटलमा तीन दिने कर्पोरेट सम्मेलनमा सहभागी हुन आएका हुन्।

यो चार्टर्ड अपरेसनको जिम्मा सस्तो टिकटस् डट कमले लिएको थियो।

कम्पनीका एकाउण्ट म्यानेजर मनिस महर्जनले कुनै एकै कम्पनीको अगुवाईमा एकै पटक माउण्टेन फ्लाइटका लागि दुई वटा विमान नै चार्टर्ड गर्नु पहिलो अवसर भएको बताए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: