Loktantra Khabar National Weekly
Ad

जोगबुडा अस्पतालमा दन्त उपचार सेवा सुरु

लोकतन्त्र खबर
१९ आश्विन २०८०

काठमाडौं । परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले प्रतिवद्धता बमोजिम जोगबुडा अस्पतालमा दन्त उपचार सेवा सञ्चालन गरेका छन् । डडेल्धुराको भित्रीमधेस क्षेत्रमा रहेको परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका नागरिकहरुलाई मध्यनजर गरि  दन्त उपचार सेवा  सुरु गरिएको हो ।

दाँत सम्बन्धि विभिन्न समस्याको गुणस्तरीय उपचार उपलब्ध गराउने उद्देश्यसहित उक्त सेवा  सञ्चालन गरिएको अस्पतालले जनाएको छ । नगरप्रमुख भरत बडायर जोशीले यस अघि नगरपालिकाका दिर्घरोगिहरुको निःशुल्क स्वास्थ्य विमा  गरेका थिए ।

यसैगरि जोगबुडा अस्पतालमा अक्सिजन प्लान्ट जडान, गर्भवति महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन, ओपिडि टिकट निःशुल्क र  थप एम्बुलेन्सको ब्यवस्था गरिएको छ ।

जोगबुडा अस्पताललाई १०० शैयाको अस्पताल र प्रदेश स्तरिय अस्पतालको लागि पहलका साथै स्वास्थ्य सेवालाई थप व्यवस्थित गरिएको मेयर जोशीले बताए ।

गुणस्तरीय तथा प्रभावकारी बनाउन जनशक्ति एबं अन्य स्रोतको सुनिश्चितता र व्यवस्थापनका लागि निरन्तर लागिपरेको उनको भनाइ छ ।रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: