पाल्पाको रिब्दीकोटमा श्रीमान-श्रीमती मृत फेला परेका छन्।
रिब्दीकोट गाउँपालिका वडा नम्बर ८ काहुलेमा श्रीमान र श्रीमती मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए।
५४ वर्षीय अम्मरबहादुर गाहा र उनकी ४२ वर्षीया श्रीमती श्यामकला गाहा सोमबार आफ्नै घरमा मृत फेला परेका हुन्।
अम्मरबहादुर कोठामा झुण्डिएको अवस्थामा र अर्को कोठामा श्रीमती श्यामकला खाटमा मृत फेला परेकी थिइन्। प्रहरीले घटनास्थलबाट मदिरा र खानेकुराहरू बरामद गरेको छ। श्रीमती श्यामकलाको घाँटीमा निलडाम देखिएको छ।
स्थानीयका अनुसार उनीहरूका तीन जना छोरी छन्। चार वर्ष अघि एक जना छोराको मृत्यु भएको थियो। छोराको मृत्यु भएपछि गाहा दम्पत्ती विक्षिप्त बनेको स्थानीयको भनाइ छ।
प्रहरीले यस घटनाको थप अनुसन्धान अघि बढाएको छ। सेतोपाटी
प्रतिक्रिया दिनुहोस्:

