Loktantra Khabar National Weekly
Ad

रूसी दूतावास अगाडि धर्ना

लोकतन्त्र खबर
२३ माघ २०८०

काठमाडौंको बालुवाटारस्थित रूसी दूतावास अगाडि रूस गएकाका परिवार र आफन्तहरू धर्ना बसेका छन्।

मंगलबार उनीहरूले रूसी सेनामा नेपालीलाई भर्ना गर्न बन्द गर, युद्धमा घाइते भएकाको उपचार गर, युद्धमा मारिएका नेपालीलाई उचित क्षतिपूर्तिको व्यवस्था गर भन्दै विभिन्न प्लाकार्ड बोकेर उनीहरू धर्नामा बसेका हुन्।

यसगरी उनीहरूले दूतावासमा ज्ञापन पत्र बुझाउने तयारी गरेका छन्।

‘रूसी सेनामा रहेको नेपाली नागरिकको सकुशल घर फिर्ताको लागि वातावरण निर्माण, रूसी फौजमा भर्ती हुनबाट नेपाली नागरिकलाई रोक्ने कार्यका लागि उचित पहलकदमी र उचित निर्णयका लागि रूसी राजदूतावासमार्फत् रूसी सरकारको ध्यानाकर्षण गराउन चाहन्छौैं,’ ज्ञापनपत्रमा भनिएको छ। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: