Loktantra Khabar National Weekly
Ad

होस्टेल जाँदै किशोरीमाथि सामूहिक बलात्कार

लोकतन्त्र खबर
२२ माघ २०८०

दाङको तुलसीपुरमा एक छात्रालाई नर्सरीमा लगेर बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

शनिबार बेलुकी घरबाट होस्टेल जान थालेकी कक्षा १० मा अध्ययनरत एक १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौराका २१ वर्षीय अशोक चौधरी र अर्का किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

किशोरी स्थानीय बोर्डिङ स्कुलको होस्टेलमा बस्दै आएको र शुक्रबार घर गई शनिबार होस्टेल फर्किंदै गर्दा बलात्कृत भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता नवचन्द्र मल्लले सेतोपाटीलाई बताए।

सुरूमा एक जना किशोरले ललाइफकाइ ती किशोरीलाई तुलसीपुर – ११ गैरागाँउस्थित नर्सरीमा पुर्‍याएको र त्यही दुबैले सामूहिक बलात्कार गरेको भन्ने पीडितको जाहेरीमा उल्लेख छ।

पक्राउ परेकामध्ये किशोरले ती किशोरी आफ्नी प्रेमिका भएको दाबी गर्दै आएको प्रहरी अधिकारी बताउँछन्।

‘पक्राउ परेकामध्ये दुबैले त्यस्तो दाबी पनि गरेका छन्,’ एक प्रहरी अधिकारीले भने, ‘तर,  त्यसमा सत्यता देखिँदैन।’

घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।

पीडित किशोरीले आइतबार आफूमाथि भएको घटनाबारे प्रहरीमा किटानी जाहेरी दिएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: