Loktantra Khabar National Weekly
Ad

एउटै कोठामा निस्सासिएर सासू-बुहारीको मृत्यु

लोकतन्त्र खबर
२२ माघ २०८०

डडेल्धुराको अमरगढी–१ मा गएराति आगो ताप्ने क्रममा निस्सासिएर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुने सासू-बुहारी हुन्।

एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए। सोही आगोको कोइलाका कारण निस्सासिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

मृत्यु हुनेमा अमरगढी नगरपालिका–१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए।

उनका अनुसार राति कोठामा आगोको कोइला ताप्ने क्रममा निस्सासिएर उनीहरूको मृत्यु भएको खुलेको छ।

बेहोस अवस्थामा फेला परेका दुवैलाई घरपरिवार र आफन्तको सहयोगमा आज बिहान अस्पताल पुर्‍याइएको थियो। अस्पताल लैजानेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: