Loktantra Khabar National Weekly
Ad

यू-१९ क्रिकेट टिम स्वदेश फिर्ता

लोकतन्त्र खबर
२२ माघ २०८०

काठमाडौं  माघ २२, दक्षिण अफ्रिकामा भएको यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली घर फर्केको छ ।

नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका छन् ।

समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भए पनि नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको थियो ।

सुपर सिक्समा भने भारत र बंगलादेशसँग भएका दुवै खेलमा नेपाल पराजित भएको थियो । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: