Loktantra Khabar National Weekly
Ad

यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

लोकतन्त्र खबर
२२ माघ २०८०

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदलीको अवस्था रहेको महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा तथा देशका बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ।

सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले बताएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले पूर्वानुमान गरेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: