Loktantra Khabar National Weekly
Ad

मलंगवा नगरपालिकाको बिरुद्धमा नेपाल शिक्षक महासंघले सुरु गरे चरणबद्ध आन्दोलन ,पलेटी कसेर नगरपालिका अगाडी धर्नामा

लोकतन्त्र खबर
२२ माघ २०८०

मनोज यादव—-
सर्लाही,माघ २१

विभिन्न माग राखेर नेपाल शिक्षक महासंघ नगर कार्य समितिले आइतवारदेखि मलंगवा नगरपालिका अगाडी धर्ना सुरु गरेका छन् । २ बुदै माग राखेर आन्दोलनमा उत्रिएका महासंघ २१ गतेदेखि २३ गतेसम्मको लागि चेतावनी स्वरुप रिले अनसनसहित धर्नामा बसेका हुन् ।

कार्यलयको प्रांगणमा पलेटी कसेर धर्नामा बसेका शिक्षकहरुले आफुहरुको माग तत्काल सम्बोधन हुने पर्ने माग गरेका छन । नगरपालिकाले म्याद थप सम्बन्धि ल्याएको कानुन शिक्षक कर्मचारीहरुको हकहितमा नभएकोले सो कानुनलाई निरस्त गर्न गत माघ ९ गते नगरपालिकामा ज्ञापनपत्र बुझाउँदा पनि सो प्रति कुनै प्रतिक्रिया र चासो नदिए पछि पुनः १९ गते स्मरण पत्र बुझाएको र तर नगरपालिकाले सो प्रति पनि कुनै प्रतिक्रिया नदिएपछि बाध्य भएर धर्नामा बस्नु परेको शिक्षकहरुले बताए ।

नगरपालिकाले केही महिना अघि शिक्षक,कर्मचारी र सहयोगी कार्यकर्ताहरुको दरबन्दी मिलानको नाउँमा गरेको सरुवाबाट विद्यालयहरुमा पर्न गएको नकारात्मक वा सकारात्मक प्रभावहरुको समीक्षा नगरिएका कारण कतिपय विद्यालयहरुले अनावश्यक परेसानी झेलिरहेको उनीहरूको भनाइ छ।दरबन्दी मिलानका लागि गरिएको सरुवाको केही महिना नबित्दै पावर र पहुँचको आधारमा दुईजना शिक्षकलाई पुन:पुरानै विद्यालयमा फर्काएर नगरपालिकाले बनाएको आफ्नै नियम र निर्णयलाई तोडेको आन्दोलनरत शिक्षकहरुले आरोप लगाएका छन् ।

नेपाल सरकारले संघीय कानुन सम्बन्धि अन्तिम टुंगो नलगाए सम्मको लागि म्याद सम्बन्धि सुरु भएको कार्य स्थगित गर्नुपर्ने साथै संघीय निर्णय बमोजिमको बाल विकास सहयोगी कार्यकर्ता एवं कर्मचारीहरुको थप तलब भत्ता अविलम्ब उपलब्ध गराउनुपर्ने
समेत उनीहरूले माग अघि सारेका छन् ।

माघ २३ गते बेलुकासम्म आफुहरुको माग सम्बोधन नभए २४ गतेदेखि अनिश्चितकालका लागि नगरभित्रका सम्पूर्ण विद्यालयहरु बन्द गरि धर्ना प्रदर्शन गर्ने आन्दोलनरत शिक्षक,कर्मचारीहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्: