Loktantra Khabar National Weekly
Ad

झण्डै डेढ दशक पछि सर्लाहीका सम्पूर्ण प्रमुख काँग्रेस नेताहरु एउटै मञ्चमा सहभागी

लोकतन्त्र खबर
१८ माघ २०८०

लोकतन्त्र समाचारदाता—
सर्लाही,माघ १८

विगत १५ वर्षको लामो अन्तराल पछि सर्लाही जिल्ला भरीका सम्पूर्ण प्रमुख काँग्रेस नेताहरु एकैसाथ एउटै मञ्चमा उपस्थित भएका छन् ।बुधबार सदरमुकाम मलंगवामा आयोजना भएको समुदायमा काँग्रेस अभियान कार्यक्रमको अवसरमा झण्डै डेढ दशक लामो समयदेखि पार्टीको कार्यक्रमहरुमा छुट्टाछुट्टै सहभागी हुँदै आएका सर्लाही जिल्लाका प्रमुख काँग्रेसी नेताहरु एकैसाथ सहभागी भएका हुन।

मलंगवा स्थित पार्टी कार्यालयमा नेपाली काँग्रेस श्रेत्रीय कार्यसमिति क्षेत्र नं -२ सर्लाहीको आयोजनामा क्षेत्रीय सभापति कौशल किशोर रायको अध्यक्षतामा सम्पन्न भएको क्षेत्रीय भेलामा प्रमुख अतिथि केन्द्रीय सदस्य गणेश लामा,विशिष्ट अतिथिहरू पुर्व जिल्ला सभापति लक्ष्मण राय, पुर्व जिल्ला सभापति नगेन्द्र कुमार यादव, जिल्ला सभिपति सुरेन्द्र प्रसाद सिंह, प्रदेश सांसद जंगीलाल राय, प्रदेश सदस्य सकुनती राम, उपाध्यक्ष द्वय नविन कुमार अधिकारी, उपसभापति सरोज कुमार यादव, जिल्ला सचिव मनोज कुमार यादव,काँग्रेस नेता एवं पालिका प्रमुखहरू विनोद साह, मनोज मनी अचार्य , रूपेश कुमार यादव, धिरेन्द्र यादव, रामपदारथ साह,तरूण दलका अध्यक्ष सुर्य नारायण यादव, ने वि संघ सभापति,प्रदेश सदस्यहरू, महाधिवेशन प्रतिनिधि वडा सभापति लगायतको उपस्थित रहेको थितो।

सो अवसरमा उपस्थित भएका नेताहरुले पछिल्ला सबै तिक्तताहरु र आन्तरिक मतभेदलाई बिर्सेर आजैको दिनदेखि सबै जना मिलेर अगाडी बढ्ने प्रतिबद्धता जनाएका थिए।

नेपाली कांग्रेसले देशव्यापी रूपमा “समुदायमा कांग्रेस अभियान” संंचालन गरेको छ।

प्रतिक्रिया दिनुहोस्: