Loktantra Khabar National Weekly
Ad

भक्तपुरमा रोकिराखेको गाडीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्‍यु

लोकतन्त्र खबर
१७ माघ २०८०

भक्तपुरको मध्यपुर ठिमीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मंगलबार राति पौने १० बजे मध्यपुर ठिमी नगरपालिका-४ चारदोबाटो आकाशे पुल नजिकै भक्तपुरबाट काठमाडौं जाने हाइवे लेनमा मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।

बागमती ५ ख. २५१ नं. को निशान गाडीको टायर पञ्चर भएर बाटोमा रोकिराखेको थियो। सोही दिशाबाट आउँदै गरेको प्रदेश नं. ३ -०२-००९ प ७००७ नं. को मोटरसाइकल अनियन्त्रित भई उक्त गाडीको पछाडि ठोक्किएको हो।

दुर्घटना हुँदा सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २४ वर्षीय समन भुजेल र २० वर्षीया सोफिया ठकुरी घाइते भएका थिए।

भुजेलको उपचारका लागि मध्यपुर ठिमी अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको राति १० बजे मृत्यु भएको डिएसपी पाठकले बताए।

मोटरसाइकल पछाडि सवार ठकुरीको भक्तपुर इन्टरनेशनल अस्पताल ठिमीमा उपचार भइरहेको छ।

शवलाई पोष्टमटर्मको लागि भक्तपुर अस्पतालमा राखिएको छ।

घटनास्थलमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धानको अधिकृत सहितको प्रहरी टोली खटिएको थियो। दुर्घटनामा परेका दुबै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गाडीका चालक फरार छन्। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: