Loktantra Khabar National Weekly
Ad

धनगढीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

लोकतन्त्र खबर
१७ माघ २०८०

धनगढीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मंगलवार साँझ धनगढी उपमहानगरपालिका–६ जाली स्थित बासुदेबी विद्यालय नजिक से १ प २८५९ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएको थियो।

दुर्घटनामा परेर स्कुटर पछाडि सवार बर्दियाको बाँसगढी नगरपालिका ४ बठौवागाँउ बस्ने २५ वर्षीय लालु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो।

दुर्घटनामा गम्भिर घाइते उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा डाक्टरले जाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कुलदिप चन्दले जानकारी दिए।

स्कुटर र चालक धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का २५ वर्षीय रमेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: