Loktantra Khabar National Weekly
Ad

भीड नियन्त्रणमा प्राणघातक हतियारको प्रयोगविरूद्ध सर्वोच्चमा रिट

लोकतन्त्र खबर
४ माघ २०८०

न्यायाधीश चुडालको इजलासमा सुनुवाइ हुँदै

भीड नियन्त्रणका गर्न मेटल बुलेट जस्ता प्राणघातक हतियारको प्रयोग भएको विरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

प्रहरीले भीड नियन्त्रणका लागि घातक हतियार प्रयोग गरेकोविरूद्ध बुधबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए।

उक्त रिटको सुनुवाइका लागि आज न्यायाधीश कुमार चुडालको इजलासमा पेशी परेको हो।

वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रदर्शनको क्रममा भीड नियन्त्रणमा प्रयोग हुने घातक हतियारको प्रयोगलाई प्रतिबन्धित गर्न माग गरेका छन्।

भीड नियन्त्रणका लागि अत्यधिक बल प्रयोग एवं हिंसात्मक साधनको प्रयोगलाई बर्जित गर्न पनि उनले माग गरेका छन्।

व्यवस्थापनका लागि खटिने प्रहरीहरूलाई अहिंसात्मक तौरतरिकाबारे प्रदर्शन व्यवस्थापनका लागि खटिने प्रहरीहरूलाई अनिवार्य प्रशिक्षण दिनुपर्ने र ट्रेनिङको म्‍यानुअल पनि समावेश गर्नुपर्ने रिटमा उल्लेख गरेका छन्।

अधिवक्ता त्रिपाठीले रिट निवेदनको टुंगो नलागेसम्म निहत्था नागरिकमाथि प्राणघातक हतियार प्रयोग नगर्नू नगराउनू भनी आन्तरिम आदेश समेत माग गरेका छन्।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: