Loktantra Khabar National Weekly
Ad

जनकपुरमा रेलमा सवार एक यात्रुको मृत्यु

लोकतन्त्र खबर
२ माघ २०८०

महोत्तरीको भंगहाबाट जयनगरतर्फ जाँदै गरेको रेलमा सवार एक यात्रुको मृत्यु भएको छ।

महोत्तरीको लोहरपट्टी नगरपालिका–४ स्थित खुटापिपरारीका ५० वर्षीय रामएकवाल पण्डितको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार कुर्था र जनकपुर रेल्वे स्टेसनको बीचमा बिहान करिब ९ बजे रेलभित्रै अचानक उनको मृत्यु भएको हो।

‘टिटीले पैसा मागेपछि उनी सिटबाट उठेछन्। खल्तीबाट पैसा निकाल्ने क्रममा आफैं अचानक ढलेको यात्रीले हामीलाई बताएका छन्,’ उनले भने।

हृदयघातबाट उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। यद्यपी पोष्टमर्टम रिपोर्ट आइसकेपछि मात्रै मृत्युको कारण खुल्ने डिएसपी अवाले बताए।

प्रादेशिक अस्पताल जनकपुरमा पण्डितको शव पोष्टमर्टमका लागि राखिएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: