Loktantra Khabar National Weekly
Ad

बागमतीविरुद्ध सन्दीप जोराको अर्धशतक

लोकतन्त्र खबर
२९ पुष २०८०

काठमाडौं पुस २९ , एपीएफ क्लबका मध्यक्रमका ब्याटर सन्दीप जोराले बामगती प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

उनले ६४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका छन् । पाँचौं क्रममा आएका उनले एकतर्फबाट क्रिज सम्हाल्दै टिमको लागि महत्वपूर्ण अर्धशतकीय पारी खेलेका हुन् ।

४१ रनमा पाँच विकेट गुमाएको एपीएफका लागि उनले लोकेश बमसँग ६१ रनको अर्धशतकीय साझेदारी गर्दै एपीएफलाई १०७ सम्म डोर्‍याएका थिए ।

सन्दीप हाल ७४ बलमा ६१ रन बनाउँदै खेलिरहेका छन् । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: