Loktantra Khabar National Weekly
Ad

मृगको मासुसहित एक पक्राउ

लोकतन्त्र खबर
२६ पुष २०८०

मृगको मासुसहित बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १ छोदापुरका ३२ वर्षीय दीपचन्द्र कोरी पक्राउ परेका छन्।

उनको साथबाट तीन किलो दुई सय ग्राम मृगको मासु बरामद भएको प्रहरीको भनाइ छ।

मृगको टाउको, खुट्टा र मासुसहित कोरीलाई घरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता तुल्सीराम अर्यालले बताए।

प्रहरी चौकी खैरापुरबाट खटिएको टोलीले कोरीलाई बुधबार अपराह्न ३ बजेतिर पक्राउ गरेको थियो।

कोरीलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय गुलरियामा बुझाइने प्रहरीले जनाएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: