Loktantra Khabar National Weekly
Ad

कोठामा आगो बालेर सुतेकी वृद्धाको जलेर मृत्यु

लोकतन्त्र खबर
२६ पुष २०८०

कोठा न्यानो पार्न बालेको आगो ब्ल्यांकेटमा सल्किएपछि जलेर गम्भीर घाइते भएकी वृद्धाको मृत्यु भएको छ।

बर्दियाको राजापुर नगरपालिका-५ झप्टीकी ७५ वर्षीय सोहनी थारूले बुधबार चिसोबाट बँच्न कोठामा आगो बालेर सुतेकी थिइन्।

उक्त आगो ओडेको ब्ल्यांकेटमा सल्किएर उनी समेत जलेर गम्भीर घाइते भएकी थिइन्।

बर्दियाका प्रहरी प्रवक्ता डिएसपी तुल्सीराम अर्यालका अनुसार जलेर गम्भीर घाइते भएकी वृद्धालाई उपचारका लागि बुधबार बर्दिया अस्पताल लगिएको थियो।

त्यहाँबाट थप उपचारका लागि नेपालगञ्जस्थित कान्ति आरोग्य अस्पताल लगिएकोमा उपचारका क्रममा आज बिहान ४ बजे वृद्धाको मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: