Loktantra Khabar National Weekly
Ad

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

लोकतन्त्र खबर
२५ पुष २०८०

जबरस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका व्यक्ति पक्राउ परेका छन्।

खोटाङ हलेसी तुवाचुङ नगरपालिका-७ घर भएका १९ वर्षीय किरण राई पक्राउ परेका हुन्।

एनसिबी दोहाको समन्वयमा कतारमा पक्राउ परेको उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्नका लागि बुधबार नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ।

राईविरूद्ध  जिल्ला प्रहरी कार्यालय खोटाङमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलमा कतार रहेको खुल्न आएको थियो।

अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एंव पक्राउ गर्नका लागि नेशनल सेन्ट्रल व्युरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट पुस २० गते उनीविरूद्ध रेड नोटिस जारी  भएको थियो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: