Loktantra Khabar National Weekly
Ad

जनकपुरबाट चोरी भएको बस गोलबजारमा भेटियो

लोकतन्त्र खबर
२५ पुष २०८०

जनकपुरधाम पुस २५ , जनकपुरबाट चोरी भएको बस सिराहाको गोलबजारमा फेला परेको छ ।

गोलबजार नगरपालिका -७ मा पार्किङ गरेको अवस्थामा उक्त बस फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

जनकपुर भिठामोड चल्ने चल्ने ना४ख २३२७ नम्बरको नवदुर्गा ट्राभल्स बस सोमबार जनकपुरधामको बस स्टेण्डमा पार्किङ गरी राखिएको थियो । तर, मंगलबार ४ बजे हेर्न जाँदा बस नरहेको देखेपछि बस धनी महोत्तरीको पिपरा गाउँपालिका ३ का कालिन्द्र मिश्रले प्रहरीमा उजुरी दिएका थिए ।

बस भेटिए पनि कसरी गोलबजारमा पुग्यो भन्ने अनुसन्धान गरिरहेको डिएसपी अवाले बताए । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: