Loktantra Khabar National Weekly
Ad

भिजिट कर्णाली यातायातले सञ्चालनमा ल्यायो एसी हिटर लगजरी सिटसहितको स्कारपियो गाडीहरू

लोकतन्त्र खबर
२४ पुष २०८०

सुर्खेत। कर्णालीमा भिजिट कर्णाली यातायात प्रालिले एसी हिटर लगजरी सिटसहितको स्कारपियो सञ्चालनमा ल्याएको छ । नयाँ कम्पनी खडा गरेर ‘समृद्ध कर्णालीको लागि पर्यटन, पर्यटनका लागि भिजिट कर्णाली’ नाराका साथ स्कारपियो सेवा सुरु गरेको हो ।

प्रदेशको पर्यटन प्रवर्द्धन टेवा पुग्ने उद्देश्यसहित स्कारपियो गाडीहरू सञ्चालनमा ल्याइएको प्रालीका अध्यक्ष प्रकाश कुमार शाहीले जानकारी दिए । यातायात प्रालिबारे आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ।

अध्यक्ष शाहीका अनुसार १ करोडको शेयर लगानीमा यातायात प्रालि सञ्चालनमा ल्याइएको र अहिले १८ वटा स्कारपियो गाडीहरू रहेका छन्। ५२ लाखदेखि ६७ लाखसम्मका गाडीहरू रहेको पनि उनले बताए ।

विशेषगरी पर्यटकीय स्थलहरू मुगुको रारा, जुम्ला चन्दननाथ, कालिकोटको पचालझरना, दैलेख पंचकोशी, महावुधाम लगायतका प्रमुख पर्यटकीय स्थलहरूमा सञ्चालन हुने गरी पर्यटक र यात्रुहरूलाई केन्द्रबिन्दुमा राखिएको उनले बताए।

साथै अनलाइन टिकेट बुकिङ सेवा पनि तयारी भइरहेको छ । ‘गाडीमा कर्णालीका प्रमुख पर्यटकीय स्थलहरूको तस्बिर तथा स्टिकरहरु टाँस गरिने छ,’ उनले भने, ‘यसले प्रदेशको पर्यटनको प्रसार प्रचारमा पनि टेवा पुग्ने अपेक्षा राख्दछौँ।’

सुर्खेत उपत्यकाभित्र यात्रुलाई स-शुल्क घरदैलो सेवा समेत दिइएको छ भने जेष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकलाई भाडामा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको अध्यक्ष शाहीले बताए । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: