लोकतन्त्र समाचारदाता—-
सर्लाही ,पुस २२
बरहथवामा प्रदर्शनकारीद्वारा इलाका प्रहरी कार्यालय परिसर भित्र रहेको खरको छानो भएको घरमा आगजनी गरेका छन् ।
आइतबार (आज) प्रदर्शनकारीले टायरमा आगो लगाएर इलाका प्रहरी कार्यालय परिसर भित्र रहेको फुसको घरमा फालेर आगजनी गरेको छ । आन्दोलनले उग्ररुप लिदा सबै प्रहरीहरु भित्र भागेपछी आगो लगाइएको हो ।
बरहथवामा अहिले कर्फ्यु लागेको भएपनि कर्फ्यु उलघनन गरेर प्रदर्सन भईरहेकाे छ, भने प्रहरीले दर्जन भन्दा बढी हवाइ फायर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्:

