Loktantra Khabar National Weekly
Ad

गाँजाको केक बेचेको आरोपमा एकजना पक्राउ

लोकतन्त्र खबर
२२ पुष २०८०

काठमाडौं  पुस २२, लागु औषध गाँजा मिसाई केक तयार गरी अनलाइनमार्फत कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो बस्‍ने २६ वर्षीय विशन मानन्धर रहेका छन् ।

विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्‍यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले  उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनको साथबाट प्रहरीले गाँजाको धुलो १२१, तयारी अवस्थामा रहेको केकको झोल  १७८ ग्राम,  गाँजा ३ केजीलगायतका सामानहरू बरामद गरेको छ ।

उनले आफ्नै घरमा विगत १ वर्षदेखि गाँजा मिसावट गरिएका केकका विभिन्‍न प्रकारहरू बनाइ अनलाइन डेलिभरी गर्दै आएको प्रहरीको आरोप छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: