Loktantra Khabar National Weekly
Ad

सशस्त्र प्रहरीमा २८८ जनाका लागि भर्ना खुल्यो

लोकतन्त्र खबर
२० पुष २०८०

काठमाडौं  पुस २०, सशस्त्र प्रहरी बलमा विभिन्न पदमा २८८ जनाका लागि नयाँ भर्ना खुलेको छ ।

सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र परिचर पदमा नयाँ भर्ना खुलेको हो ।

सशस्त्र प्रहरी बलले निरीक्षक पदमा खुला ५४ सहित ९९ जना, सहायक निरीक्षक पदमा खुला ५३ सहित ९८ र परिचर पदमा खुला ५० सहित ९१ जनाका लागि भर्ना खुलाएको हो ।

परिचरतर्फ भान्छे, कूचिकार, सूचिकार, केशकर्तक, चर्मकर्मी र मालीका लागि भर्ना खुलेको छ ।

सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक पदका लागि पुस २० गतेदेखि माघ २१ गतेसम्म दरखास्त फारम बुझाउन सकिने छ । दोब्बर दस्तुर तिरेर माघ २२ गतेदेखि २८ गतेसम्म फारम बुझाउन सकिने छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: