Loktantra Khabar National Weekly
Ad

धम्की दिएर फिरौती मागेको आरोपमा युवक पक्राउ

लोकतन्त्र खबर
१९ पुष २०८०

रौतहट  पुस १९, फोनबाट ज्यान मार्ने धम्की दिदै रकम माग्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका ८ का ३४ वर्षिय श्रीभगवान साह रहेका छन् ।

उनले पुस १० गते देखि १८ गते सम्म मोबाइल नम्बर ९८०१५७७५१० बाट लक्ष्मीनियाका एक व्यापारीलाई धम्की दिइ ५ देखि ५० लाख सम्मको रकम माग गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।

पक्राउ परेका साहले व्यापारी र उनका छोराछोरीको समेत ज्यान मार्ने धम्की दिएर बारम्बार रकम माग गरे पछि प्रहरीले घटनामा प्रयोग भएको मोबाइल नम्बरलाई अनुसन्धान गरेर उनलई पक्राउ गरेको डिएसपी गिरीले बताइन ।

‘साहलाई आपराधिक लाभ(एक्सर्टसन) सम्बन्धी कसुर अन्र्तगत आवश्यक अनुसन्धान र कारवाही गर्दै पक्राउ गरेका छौं ।’ प्रवक्ता डिएसपी गिरीले भनिन “यस घटनामा अन्य पनि संलग्न व्यक्तिहरुको पहिचान गरी खोजतलाश गर्ने कार्य भइरहेको छ ।’अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: