Loktantra Khabar National Weekly
Ad

१० वर्षीया बालिकालाई करणी गरेको आरोपमा घरबेटी पक्राउ

लोकतन्त्र खबर
१९ पुष २०८०

विराटनगर  पुस १९,  अभिभावकसँग डेरा गरी बस्ने १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको सुन्दरहरैँचाबाट एक जनालाई पक्राउ गरेको छ । सुन्दरहरैँचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगरलाई पक्राउ गरेको हो । उनी घरबेटी हुन् ।

धनकुटा घर भएकी बालिकाका हजुरबुबा र हजुरआमासँग मगरको घरमा डेरा बस्दै आएकी थिइन् । उनका बुबा विदेशमा छन् । आमा दोस्रो बिहे गरेर गएकी छन् । डेरा बस्दै आएकी बालिकालाई मगरले पटकपटक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अभिभावकले देखेपछि घटना बाहिर आएको हो । कसैलाई भने कुटपिट गर्ने धम्की दिएर मगरले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।

बालिकालाई जवरजस्ती लिएर जान खोज्दा बालिकाकी हजुरआमाले बुधबार दिउँसो देखेपछि घटना बाहिर आएको थियो । त्यसपछि सोधीखोजी गर्दा मंगलबार र त्यसअघि पनि पटकपटक बलात्कार भएको खुलेको प्रहरीले बताएको छ ।

डर र त्रास देखाएका कारण बालिकाले घटनाका बारेमा अभिभावकलाई सुनाउन नसकेको प्रहरीले बताएको छ । पीडित बालिकाको स्वास्थ्यमा समस्या देखिएको छ । बालिकाको उपचार र स्वास्थ्य परीक्षणका लागि धरान लगिएको प्रहरील बताएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: