Loktantra Khabar National Weekly
Ad

४५ किलो गाँजासहित एक जना पक्राउ

लोकतन्त्र खबर
१९ पुष २०८०

विराटनगर पुस १९ , प्रहरीले विराटनगरमा लुकाएर राखेको ४५ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका– १८ को सीमावर्ती क्षेत्रको खेतमा लुकाएर राखेको अवस्थामा ४५ किलो गाँजा बरामद गरेको हो । सो गाँजा राखेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१८ का १९ वर्षीय नन्दु यादवलाई पक्राउ गरेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले भारत कटाउनका लागि भण्डारण गरेको गाँजासहित यादवलाई पक्राउ गरेको जानकारी दिए ।

विराटनगर -१८ झटियाईस्थित मुसहरी टोलको नयाँ बस्तीबाट गाँजा बरामद भएको हो । प्लाष्टिकमा प्याक गरी खेतमा परालले छोपेर राखेको अवस्थामा गाँजा फेला परेको थियो । लगत्तै यादव पक्राउ परेका हुन् ।

बरामद भएको गाँजा र पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । प्रहरीले यादव भरिया भएको बताएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: