Loktantra Khabar National Weekly
Ad

तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते

लोकतन्त्र खबर
१९ पुष २०८०

काठमाडौं  पुस १९, वीरगञ्जबाट पोखरातर्फ गइरहेको यात्रु बस आज बिहान तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबजारमा दुर्घटना हुँदा ३२ जना यात्रु घाइते भएका छन् ।

घाइतेहरुमध्ये २९ जनाको तनहुँको बेलचौतारामा उपचार भइरहेको छ भने ३ जनालाई उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

आज बिहान करिब पौने ५ बजे वाग्मती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस पहिरो झरेको स्थान नजिकको सडकबाट करिब ५६ फिट तल खोलामा खसेको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: