Loktantra Khabar National Weekly
Ad

रौतहटमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लोकतन्त्र खबर
१९ पुष २०८०

रौतहट पुस १९ , रौतहटको गढीमाई नगरपालिमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गढीमाई नगरपालिका-६ धर्मपुरमा भएको दुर्घटनामा २२ वर्षीय चालक रंजितकुमार पंडितको मृत्यु भएको हो ।

माधवनारायण नगरपालिका-३ का २२ वर्षीय पंडित सो ट्रयाक्टरका साहु समेत हुन् । उनी आफैंले चलाइरहेको ट्रयाक्टर वाग्मती नदीको पुल नजिक भित्री सडक खण्डमा पल्टिएको थियो ।

वाग्मती नदीबाट बालुवा बोकेर धर्मपुरतर्फ आउँदै गरेको ना२त ८५०८ नम्बरको सो ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: