Loktantra Khabar National Weekly
Ad

चोरीको आरोपमा गुल्मीमा १२ जना पक्राउ

लोकतन्त्र खबर
१२ पुष २०८०

गुल्मी  पुस १२, गुल्मीका विभिन्न ठाउँमा चोरी गरेको आरोप एकै पटक १२ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

चोरीको आरोपमा पक्राउ परेका १२ जनालाई जिल्ला प्रहरी कार्यालले गुल्मीले सार्वजनिक गरेको हो ।

ग्रामीण भेगमा विभिन्न गाउँमा चोरीका घटनाहरु भएको भन्दै नागरिकहरु त्रसित भएका थिए । तर चोरी गर्नेहरु पत्ता लागेका थिएनन् ।

तर पछिल्लो समय जिल्ला प्रहरी कार्यालय गुल्मीले गाउँगाउँमा चोरी गर्ने अभियुक्तालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ परेका १२ जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले बताए ।

चोरी आरोपमा पक्राउ परेकाहरु सबैलाई चोरी तथा डाँका सम्बन्धी कसुर (चोरी) शिर्षकमा मुद्दा दर्ता गरि गुल्मी अदालतबाट म्याद थप गरि अनुसन्धान भएर सरकारी वकील कार्यालय मार्फत गुल्मी अदालतमा पेश गरेको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: