Loktantra Khabar National Weekly
Ad

भाँडामा भरेर राखेको पानीमा डुबेर एक वर्षीया बालिकाको मृत्यु

लोकतन्त्र खबर
१२ पुष २०८०

घरमा प्रयोग गर्न भरेर राखेको पानीमा डुबेर मोरङको जहदामा आज एक जना बालिकाको ज्यान गएको छ।

जहदा गाउँपालिका ३ भातीगन्जका फुदन हस्दाकी एक वर्षकी छोरी कृतिको मृत्यु भएको हो।

मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जनकुमार दाहालका अनुसार सिल्भरको भाँडामा पानी भरेर उनका अभिभावकले राखेका थिए। बिहान ९:१५ बजेतिर छोरी त्यही पानीमा डुबेको देखेपछि उनका अभिभावकले निकाले।

‘बालिका खेल्ने क्रममा घरमा सिल्भरको भाडामा भरेर राखेको पानी रहेछ। भरेको त्यही पानीमा बालिका डुबेकी रहेछिन्। बच्चाकी आमा अजिताले देखेपछि विराटनगरको कोशी हस्पिटल लिएर गएका थिए। हस्पिटल ल्याउँदा चिकित्सकले मृत घोषणा गरे,’ मोरङ दाहालले भने, ‘घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।’

बालिकाको शव पोस्टमर्टम गर्न कोशी अस्पतालमा राखिएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: