Loktantra Khabar National Weekly
Ad

साढे १९ लाख नगदसहित हुण्डी काराेबारी पक्राउ

लोकतन्त्र खबर
१२ पुष २०८०

विराटनगर  पुस १२, हुण्डीको १९ लाख ५० हजार रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार प्रहरीले विराटनगर महानगरपालिका– ६ केशलिया रोडबाट ४९ वर्षीय सुरेशप्रसाद साहलाई पक्राउ गरेको हो ।

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार पक्राउ पर्ने साह सुनसरीको देवानगन्ज गाउँपालिका– ५ साहेबगन्जका  हुन् । केशलिया रोडमा शंका लागेर चेकजाँच गर्दा स्रोत नखुलेको १९ लाख ५० हजार रुपैयाँ बरामद भएको उनले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा साह  हुण्डी काराेबारी जस्ताे देखिएकाे उनले बताए । ‘पक्राउ परेका व्यक्ति भरिया हाेइनन्,’ उनले भने , प्रारम्भिक अनुसन्धानका क्रममा यिनी आफै काराेबारी हुन जस्ताे देखिन्छ ।’

साहले भने आफू खाद्यान्नको व्यापारी भएकाे प्रहरीलाई बयान दिएका छन् ।  को७प ५२२१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलसहित पक्राउ परेका साहका बारेमा अनुसन्धान भइरहेको डिएसपी दाहालले बताए । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: