Loktantra Khabar National Weekly
Ad

प्यूठानबाट दाङका लागि छुटेको गाडी दुर्घटना, १० जना घाइते

लोकतन्त्र खबर
११ पुष २०८०

प्यूठानबाट दाङका लागि छुटेको गाडी दुर्घटनामा परेको छ।

बाग्दुलाबाट दाङको भालुवाङ आउँदै गरेको लु २ ख ३०९३ नम्बरको गाडी बुधबार दिउँसो साढे १ बजेतिर दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन्।

प्यूठानको सरूमारानी गाउँपालिका वडा नम्बर ४ ठूलो घुम्तीमा गाडी दुर्घटनामा परेको थियो।

गाडी सडकबाट करिब ५० मिटर तल खसेको डिएसपी ईश्वर थापाले जानकारी दिए। घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ।

घाइतेको उद्धार गरेर भालुवाङ पठाइएको प्रहरी निरीक्षक हुमानन्द खनालले बताए। घाइतेहरूको नाम भने प्राप्त भइनसकेको प्रहरीको भनाइ छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: