Loktantra Khabar National Weekly
Ad

मलंगवामा सम्पन्न डिस होम कर्पोरेट सुपर सिक्स क्रिकेट सिजन २ को उपाधी राजश्रीले हातपारे

लोकतन्त्र खबर
११ पुष २०८०

लोकतन्त्र समचारदाता—
सर्लाही,पुस ११

सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न डिस होम कर्पोरेट सुपर सिक्स क्रिकेट सिजन २ क्रिकेट प्रतियोगिताको उपाधी राजश्री सेविंग्स एण्ड क्रेडिट को-आपरेटिभ सोसाइटी लिमिटेडले हात पारेको छ । नविल बैंक शाखा मलंगवा भने उपबिजेतामा चित्त बुझाएको छ ।

उपाधी विजेता राजश्रीलाई समापन समारोहका प्रमुख अतिथि नगरप्रमुख नागेन्द्र प्रसाद यादवले कप, मेडल प्रमाणपत्र वितरण गरेका छन् भने उपविजेता नविल बैंकलाई डिस होम फाइबर नेट मधेश प्रदेशका प्रमुखले कप, मेडल र प्रमाणपत्र वितरण गरेका छन् ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले मलंगवाको खेलकुट मैदान कवर्ड हलमा क्रिकेटको लागि ३ वटा प्रेक्टिस गर्ने पिच साथै उक्त खेल मैदानलाई स्तरोन्नति गर्ने बताए । डिस होम फाइबर नेट सर्लाहीका अधिकृत बिक्रेता एवं लक्ष्मी इन्टरप्राइजेजका सुवास गुप्ताले अर्को वर्ष पनि यसैगरी क्रिकेट टुर्नामेन्टको आयोजना गर्ने जानकारी गराए।

मलंगवा नगरपालिका वडा न-१० स्थित तिनबिघे मैदानमा संचालन भएको खेलमा कुमारी बैंक ,सहारा मल्टिपर्पस,नविल बैंक ,राजश्री सेविंग्स एण्ड क्रेडिट ,मलंगवा नगरपालिका ,हिमालयन बैंक ,एनएमबी बैंक ,प्रभु बैंक,प्रोग्रेसिभ फाइनान्स र एनआईसि एसिया बैंकका टिमहरु सहभागीता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्: