झापामा थ्रेसरमा परी एक जनाको मृत्यु भएको छ।
बुधबार बिहान साढे ७ बजे झापा गाउँपालिका-२ सुथा बथान बस्ने ५७ वर्षीय नुनुवा टुडुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
आफ्नै खेतमा रहेको प्र १-०१-००१ त ८०९२ नम्बरको ट्याक्टरमा जोडेको थ्रेसर मेशिनमा धान थ्रेसर लगाउने क्रममा उनी त्यसमा परेका थिए।
थ्रेसरमा बेरिएर उनको मृत्यु भएको खबरपछि इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो। सेतोपाटी
प्रतिक्रिया दिनुहोस्:

