Loktantra Khabar National Weekly
Ad

स्कुल बसले चेपेर बालिकाको मृत्यु

लोकतन्त्र खबर
२ पुष २०८०

स्कुल बसले चेपेर‍ रुपन्देहीको गैंडहवामा एक बालिकाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय सुर्यपुराका अनुसार कंचन गाउँपालिका वडा नं. ३ हरैयामा रहेको मोर्डन भिजन एकेडेमी स्कुलको लु १ क २२३६ नम्बरको बसले  बालिकालाई चेपेको थियो।

प्रहरीका अनुसार मृत्यु हुनेमा गैंडहवा गाउँपालिका वडा नं १ का राम हरिजनकी २ वर्षकी छोरी नारिया रहेकी छन्।

विद्यार्थी लिएर झारबैराको भित्री सडक मोडहवादेखि टाडीतर्फ गईरहेको बसको मुनी छिरेकी नारियालाई सोही बसको टायरले चेपेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक भरत विकले बालिकाकी आमाले ठूली छोरीलाई विद्यालय पठाउन सोही बस चढाउने क्रममा नारिया बसको मुनी छिरेको समयमा बस गुडाउँदा दुर्घटना भएको बताए।

दुर्घटनामा परी बालिकाको घटनास्थलमै मृत्यु भएको र प्रहरीले स्कुल बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको जनाएको छ।

यसअघि गत मंसिर १६ गते शनिबार गैंडहवा गाउँपालिका सुर्यपुरामा रहेको सिद्धार्थ बोर्डिङ स्कुलको बसले ठक्कर दिंदा दुईजनाको मृत्यु भएको थियो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: