Loktantra Khabar National Weekly
Ad

सिराहामा ब्राउनसुगरसहित २ जना युवक पक्राउ

लोकतन्त्र खबर
२८ मंसिर २०८०

जनकपुरधाम  मंसिर २८, सिराहाबाट लागुऔषध ब्राउनसुगरसहित दुई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिराहाको मिर्चैया नगरपालिका-५ का १८ वर्षीय रुपेश पासवान र २४ वर्षीय कृष्णा कुमार यादव छन् ।

प्रहरीले उनीहरुको साथबाट एक ग्राम ७२ मिलग्राम ब्राउनसुगर बरामद गरेको सिरहा प्रहरीले जनाएको छ ।

बुधबार अपराह्न्न साढे ४ बजेको समयमा सिराहा नगरपालिका-१७ माडर बसपार्कबाट इलाका प्रहरी कार्यालय माडरको टोलीले चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: