Loktantra Khabar National Weekly
Ad

काठमाडौंमा बाल्टिनको पानीमा डुबेर नाबालिकाको मृत्यु

लोकतन्त्र खबर
२७ मंसिर २०८०

बाल्टिनको पानीमा डुबेर काठमाडौंमा नाबालिकाको मृत्यु भएको छ।

मंगलबार दिउँसो गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीको बाहुनधारा बस्ने अनेत्र बडुवालकी १९ महिनाकी छोरीको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

शौचालयमा रहेको बाल्टिनमा रहेको डुबेपछि नाबालिकालाई निकालेर नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लगिएको थियो।

अस्पतालमा लैजाँदै गर्दा नाबालिकाको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: