Loktantra Khabar National Weekly
Ad

भक्तपुरमा इनारमा डुबेर एक जनाको मृत्यु

लोकतन्त्र खबर
२६ मंसिर २०८०

भक्तपुरमा इनारमा डुबेर एक जनाको मृत्यु भएको छ।

चाँगुनारायण नगरपालिका-९ ताथली राममन्दिर बस्ने ५२ वर्षीय राम खड्का आफ्नै घरको इनारमा मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।

मंगलबार बिहान ८ बजेतिर उनी घरमा चिया खाएर निस्केका थिए। त्यसपछि सम्पर्कमा नआएपछि २४ वर्षीय छोरा कन्चनले खोजी गर्दा आफ्नै घरको इनारमा मृत फेला परेको देखेका थिए।

उनले इनारमा मृत फेला परेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो। उक्त खबर पछि प्रहरी वृत्त जगाती भक्तपुरबाट टोली खटिएको थियो।

प्रहरीले यस घटनाको अनुसन्धान गरिरहेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: