हुम्लामा एक घरमा आगलागी भएको छ।
मंगलबार बिहान सवा १० बजे सिमकोट गाउँपालिका-९ स्थित विद्युत कार्यालय नजिकै रहेको बसन्त रोकायको घरमा आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
नेपाली सेना, सशस्त्र प्रहरी बल, प्रहरी र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको हो।
आगलागी के कारणले भएको भन्ने खुलेको छैन। मानवीय र चौपाय क्षति नभएको प्रहरीले जनाएको छ। सेतोपाटी
प्रतिक्रिया दिनुहोस्:

