Loktantra Khabar National Weekly
Ad

विराटनगरका युवकमाथि गाेली प्रहार

लोकतन्त्र खबर
२५ मंसिर २०८०

विराटनगर  मंसिर २५, विराटनगरका एक युवकमाथि भारतको जाेगबनीमा गाेली प्रहार भएको छ ।  विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जाेगबनीमा आइतबार साँझ गाेली प्रहार भएको हाे ।

गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । उनकाे वायाँ तिघ्रामा गाेली लागेकाे छ ।

विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियाे । उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी पुगेर फर्कने क्रममा आफूमाथि गाेली प्रहार भएको उनले बताए ।

उनलाई सशस्त्र प्रहरीको टाेलीले उद्दार गरी अस्पताल पुर्याएकाे थियाे । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: