Loktantra Khabar National Weekly
Ad

हजुरबुवाको हत्या आरोपमा नाति पक्राउ

लोकतन्त्र खबर
११ मंसिर २०८०

पर्सामा हजुरबुवाको हत्या आरोपमा नाति पक्राउ परेका छन्।

ठोरी गाउँपालिका-२ डाँडाटोल बस्ने ८५ वर्षीय लक्ष्मण तामाङको हत्या आरोपमा ३५ वर्षीय कृष्ण खड्का पक्राउ परेका हुन्।

खड्का लक्ष्मणको छोरीपट्टीको नाति हुन्।

उनलाई इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो।

आँगनमा कोदो चुटिरहेको अवस्थामा लक्ष्मणले कृष्णसँग लठ्ठी मागेका थिए। सोही क्रममा कृष्णले लठ्ठी प्रहार गर्दा गम्भीर घाइते भएका लक्ष्मण उपचारको क्रममा  स्वास्थ्य चौकी ठोरीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

हजुरबुबाको मृत्युपश्चात नाति भागेका थिए। उनलाई नजिकैको जंगलमा लुकेर बसिरहेको अवस्थामा फेला पारेको प्रहरीले बताएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: